Logo

छात्राले प्रस्ताव अस्विकार गरे परीक्षामा फेल गरिदिने धम्की: नार्कका वैज्ञानिक पक्राउ



Spread the love

असोज ६,काठमाडौं– आफूले पढाउँदै आएको एक छात्रालाई सामाजिक सञ्जाल ‘फेसबुक’मा आपत्तीजनक म्यासेज पठाएको आरोपमा नार्कका एक जना वैज्ञानिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पशु आहार महाशाखा खुमलटार ललितपुरमा कार्यरत मुख्य वैज्ञानिक डा. मेघराज तिवारी रहेका छन । महानगरीय अपराध महाशाखाका अनुसार तिवारीले कलंकी स्थित ‘हिमालय कलेज अफ एग्रिकल्चरल साइन्स’ मा बिएससी बढ्दै आएकी ती युवतीलाई केही दिनअघि आपत्तिजनक म्यासेज पठाएका थिए । उक्त कलेजमा तिवारीले वितग १७ बर्षदेखि अध्यापन गर्दै आएका छन् ।

युवतिका अनुसार, आफ्नै शिक्षकले पठाएको त्यस्तो मेसेज उनले रिप्लाई गरिनन् । त्यसपछि उनले ‘कुरा बुझिनौं ?’ भन्दै थप आपत्तिजनक म्यासेज एकोहोरो म्यासेज पठाएका थिए ।

आपत्तिजनक म्यासेज पठाएर हैरानी पारेपछि छात्राले दिएको उजुरीका आधारमा डा. तिवारीलाई नियन्त्रणमा लिइएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धिरज प्रताप सिंहले संचारकर्मीलाई जानकारी दिए ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार डा. तिवारीले छात्रासँग अनैतिक सम्बन्धको प्रस्ताव समेत राखेका थिए । डा. तिवारीको त्यस्तो प्रस्ताव अस्विकार गरेपछि छात्रालाई उनले परीक्षामा फेल गरिदिने धम्की समेत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्