Logo

क्रेनको ठक्करबाट एक जनाको मृत्यु



Spread the love

झापामा क्रेनको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इलामको चुलाचुली गाउँपालिकामा कार्यरत नायब सुब्बा जगत कोइराला रहेको बताईएको छ ।इलाम सदरमुकामस्थित जिरो किलोमिटरबाट कार्यालय जाने क्रममा झापाको कनकाई नगरपालिकाको सुरुङ्गामा आज बिहान पूर्वबाट पश्चिम जाँदै गरेको ना १ क ३७२९ नंको जेसिबी क्रेनले पछाडिबाट कोइराला चढेको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
गम्भीर घाइते भएका नासु कोइरालाको विर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचारका क्रममा निधन भएको सुरुङ्गा ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक टेकहादुर बस्नेतले जानकारी दिए ।
तेस्तै क्रेनका चालक भने फरार रहेको समाचार प्रात्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्