Logo

एभर्टनलाई २–० गोल अन्तरले पराजित गर्दै आर्सनलकाे जित



Spread the love

काठमाडौं – आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनलाई २–० गोल अन्तरले पराजित गरेको छ । पहिलो हाफमा गोल रहित बराबरी खेलेको आर्सनलले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्दै २ गोल गरेर नतिजा आफ्नो पक्षमा पारेको हो । आर्सनलले आइतबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा एभर्टनलाई पराजित गरेको हो । आर्सनलको जितमा एलेक्जेन्डर लाकाजेट्स र पेरिक एम्रिक आबुमियाङले गोल गरेका थिए । ३ मिनेटभित्र आर्सनलले २ गोल गरेको हो । खेलको ५६ औं मिनेटमा लाकाजेट्सले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । खेलको ५९ औं मिनेटमा आबुमियाङले अर्को गोल गरेपछि आर्सनलले दोब्बर अग्रता बनाएको थियो । बाँकी समयमा आर्सनललाई रोक्न सकेपनि एभर्टनले गोल गर्न भने सकेन । ६ खेलमा चौथो जित निकालेको आर्सनल लिगको छैटौं स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्