Logo

अपरहणमा परेको भनियको डाक्टर सर्लाहीको नवलपुरमा चेकजाँचका क्रममा



Spread the love

१० असोज सिराहा – सिराहाका डा. सुवास वनैता यादव अपरहणमा परेको भन्दै परिवारले प्रहरीमा निवेदन दिए लगतै प्रहरीले सबैतिर तस्वीर पठाएर खोजी कार्यमा तिब्रता गरेसँगै अपहरणमा परेका भनिएका  डाक्टर प्रहरी चेकजाँचमा भेटिएका छन् ।
सर्लाहीको नवलपुरमा चेकजाँचका क्रममा डा. यादव भेटिएका छन् । मोटरसाइकलमा सवार उनलाई चालक प्रेम बमसहित नियन्त्रणमा लिइएको सिराहाका एसपी जीवन श्रेष्ठले जानकारी दिए । डा. यादव मकवानपुरमा कार्यरत थिए भने तर, उनी अर्कैसँग प्रेम सम्बन्धमा रहेको आशंका गर्दै श्रीमतीले घर लगेकी थिइन् । डा. यादव भने घर छोडेर हिँडेपछि परिवारले अपहरणमा परेको भन्दै उजुरी दिएको आशंका गरेकाछन् ।

प्रतिक्रिया दिनुहोस्