Logo

रौतहटमा शव जलाउने विषयमा स्थानीय वासिन्दाबीच झडप : २० राउण्डभन्दा बढी हवाई फायर



Spread the love

१० असोज, रौतहट – रौतहटको गरुडाको ९ श्रीपुरमा वाग्मती नदीमा शव जलाउने विषयमा स्थानीय वासिन्दाबीच विवाद भई झडप भएकाे छ । नियन्त्रणका लागि प्रहरीले २० राउण्डभन्दा बढी हवाई फायर गर्नुको साथै अश्रुग्यास पनि हानेको छ ।

गरुडा ९ श्रीपुरमा स्थानीय वासिन्दाबीच झडप नियन्त्रणका लागि प्रहरीले हवाई फायर गरेको हो । झडप रोक्न गरुडामा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएको छ । झडपका क्रममा केही गाउँले र झडप नियन्त्रणमा खटिएका केही प्रहरीसमेत घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्