Logo

स्तन क्यान्सरलाई मध्यनजर गर्दै अक्टोबर महिनालाई स्तन क्यान्सर सचेतना महिना



Spread the love

महिलाहरुमा धेरै जस्तो देखिने प्रमुख समस्याको रुपमा रहेको स्तन क्यान्सरलाई मध्यनजर गर्दै भक्तपुर क्यान्सर अस्पतालले आगामी असोज २७ गते राजधानीमा वृहत्त स्तन क्यान्सर जनचेतना ¥याली, निःशुल्क स्तन परीक्षण, भक्तपुरको घ्याम्पेडाँडामा गुलाबी रंगको चंगा उडाउने लगायतका विभिन्न कार्यक्रमहरू गर्ने भएको छ । अक्टोबर महिनालाई स्तन क्यान्सर सचेतना महिनाको रूपमा मनाउने भएको छ । अस्पतालले अक्टोबर महिनाभर स्तन क्यान्सर सम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम तथा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरी मनाउन लागेको छ ।

प्रतिक्रिया दिनुहोस्