Logo

गत साउन १ गते देखी हराइरहेका बालककाे कङ्काल भेटियाे



Spread the love

असोज १२ हुम्ला – गत साउन १ गते देखी हराइरहेका चङ्खेली गाउँपालिका –२ दार्मा गर्खाका १४ वर्षीय शैलेन्द्र शाहीको कङ्काल भेटिएको छ ।
गत साउन १ गते स्थानीय धुम्माधारा खर्कबाट दूध र दही लिएर घर फर्कने क्रममा तामेखोलाबाट हराएको बालकका आफन्त तीलक शाहीले जानकारी दिए । बालकको खोजी कार्य भाईरहेको बेला उनको कङ्काल भेटिएको हो । साउने सङ्क्रान्तिका दिन घर खर्कदेखि गाउँसम्मका सबै बाटो र बस्तीमा उनको खोजीमा परिवार र स्थानीय प्रशासनले लामो समय खर्चेको जानकारी दिँदै उनका बुबा जनक शाहीले भावुक हुँदै भने, महिनापछि छोराको कङ्काल पो देख्नुपर्यो  । तर उक्त घटनाबारे आफूलाई कुनै जानकारी नआएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख ज्ञहेन्द्र बोगटीले बतायका छन् । घटनाको अनुसन्धानका लागि तत्काल पिप्लाङ र दार्मा प्रहरी चौकीलाई खबर गरिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्