Logo

माटोको ढिस्कोले पुरिएर एकै घरका तीन जनाको मृत्यु



Spread the love

१४ असोज, दाङ- दाङमा माटोको ढिस्कोले पुरिएर एकै घरका तीन जनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका–४ डोलैखोलामा घर लिप्नलाई माटो लिन गएका वेला माटोको ढिस्कोले पुरिएर उनिहरुको मृत्‍यु भएको हो ।

मृत्यु हुनेमा दाङ राप्ती गाउँपालिका–४ मौरीघाटका ३० वर्षीया श्यामकुमारी चौधरी, ३५ वर्षीया मीनाकुमारी चौधरी र चार वर्षीया रेजिना चौधरी रहेका छन् । उनीहरुको शव परीक्षणका लागि लमही अस्पतालमा राहिएको दाङका प्रहरी नायब उपरीक्षक घर्तीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्