Logo

३८ मेगावाटको आँखुखोला जलविद्युत परीयोजना निर्माण हुने पक्का



Spread the love

१७ असोज, काठमाडौं- अपर आँखुखोला जलविद्युत परियोजना निर्माण गर्ने बिषयमा नेपाल विद्युत प्राधिकरण र प्रवद्र्धक कम्पनी धादिङ्ग आँखुखोला हाइड्रोबीच विद्युत व्यापार सम्झौता (पि.पि.ए) भएको छ ।

सम्झौता अनुसार ३८ मेगावाट क्षमताको आँखुखोला आयोजना सन् २०२२ डिसेम्बर ३० सम्ममा निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ ।

योजनामा करिब ८ अर्ब रुपैयाँ लगानी लाग्ने अनुमान गरिएको छ । सम्झौता पत्रमा मंगलवार नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङ्ग र प्रवद्र्धक कम्पनीका प्रमुख कार्यकारी अधिकृत मणि चौलागाईले हस्ताक्षर गरे ।

प्रतिक्रिया दिनुहोस्