Logo

रोनाल्डोमाथि बलात्कार आरोप



Spread the love

१७ असोज, काठमाडौं – क्याथरोन मायोगाले रोनाल्डोले २००९ मा आफूलाई एक होटलमा बलात्कार गरेको आरोप लगाएकी छन् । युभेन्टसका फवार्ड रोनोल्डोले भने ‘फेक न्यूज’ भन्दै मायोगाले आफु माथि लगाएको आरोप अस्वीकार गरेका छन् । लस भेगस प्रहरीले क्रिष्टियोनो रोनाल्डोमाथि लागेको बलात्कारको आरोपमा फेरि अनुसन्धान सुरु गरेको छ ।

तर, लस भेगस प्रहरीका अनुसार यो मुद्दामा कोही संदिग्ध थिएन र २००९ मै अनुसन्धान पुरा भइसकेको थियो । ‘रिपोर्ट लिने बेला पीडितले घटना विवरण जानकारी गराएकी थिइनन्, प्रहरीले भनेको छ, २०१८ सेप्टेम्बरमा यो फाइल फेरि खोलिएको छ र हाम्रा अधिकारी प्राप्त सूचनालाई पछ्याइकेका छन् ।’

क्याथरिनले लस भेगास प्रहरीमा त्यसबेला नै उजरी पनि दिएकी थिइन् । तर, २०१० मा रोनाल्डोसँग ३ लाख ७५ हजार डलरमा यो विषयलाई बाहिर नल्याउने सहमति भयो । उनका कानुनी सल्लाहकार अब यो सहमतिलाई अस्वीकार गर्ने बाटो खोजिरहेका समाचार जर्मन एक पत्रिकाले हालै मात्र छापेको छ ।

प्रतिक्रिया दिनुहोस्