Logo

असोज २० गते ‘ब्रेस्ट क्यान्सर सचेतना र्‍याली’ आयोजना हुँदै



Spread the love

हरेक वर्षको अक्टोबर महिनालाई संसारभर ‘ब्रेस्ट क्यान्सर सचेतनाको महिना’ भनेर लिने गरिन्छ । नेपालले पनि प्रत्येक वर्ष अक्टोबरको महिनामा ब्रेस्ट क्यान्सरबारे सचेतना फैलाउने किसिमका विभिन्न कार्यक्रमहरु गर्दै अाइरहेको छ ।

त्यही क्रमलाई निरन्तरता दिदै यस वर्ष पनि नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीको आयोजनामा यही अक्टोबर ६ तारिखका दिन अर्थात असोज २० गते ‘ब्रेस्ट क्यान्सर सचेतना र्‍याली’ हुने भएको छ ।

सनराइज बैंक लिमिटेडको सहयोगमा सञ्चालन हुन लागेको उक्त र्‍याली माघ २० गते बिहान ७:३० बजे दरबार मार्गको शेर्पा मलबाट सुरु भएर माइतिघर मण्डलामा आएर टुंगिने आयोजकले बताएको छ । कार्यक्रममा र्याली बाहेक विभिन्न सडक नाटक पनि प्रस्तुत गरिने छन्।

यो कार्यक्रम रोट्र्याक्ट क्लब अफ काठमाडौं मेडिकल कलेजसँगको सहकार्यमा आयोजनामा हुन लागेको हो । त्यस्तै ग्रीन सिटी अस्पतालको पनि  सहयोग रहेको छ ।

र्‍यालीको मुख्य उदेश्य नेपालमा ब्रेस्ट क्यान्सरबारे सचेतना फैलाउदै यसका असर, यसले निम्त्याउने समस्याबारे सचेतना दिनु र यसलाई न्युनिकरण गर्न सहयोग गर्नु रहेको रोट्र्याक्ट क्लबका अध्यक्ष राजु विक्रम बस्नेतले सल्लेरी खबरलाई जानकारी दिए ।

यस कार्यक्रमको अफिसियल मिडिया पार्टनर सल्लेरी खबर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्