Logo

के तपाईं दुब्लो र पातलो हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अपनाउनुहोस् सजिलोसँग मोटाउने यी तरिकाहरू !!



Spread the love

एकातिर कैयन मानिसहरू आफ्नो मोटोपनसँग चिन्तित छन् र दुब्लाउन चाहन्छन् । यसको ठिक विपरीत दुब्ला-पातला मानिसहरू भने मोटाउने इच्छा राख्छन्, तर सक्दैनन् । वजन कम गर्नका लागि बजारमा विभिन्न औषधि र प्रविधिहरू पनि छन् तर, मोटाउनका लागि भने त्यस्ता प्रविधिको खासै उपयोग गरिँदैन । यसका लागि खानपान, समयमा आराम र पिर-चिन्ताबाट टाढा रहनुपर्छ ।

 

स्लिम र आकर्षक फिगरका लागि अपनाउनुहोस् यी घरेलु टिप्स

 

“ठुलो हावा आयो भने त उडाउला”, “ज्यानै यस्तो छ यसले के गरिखाला ?” दुब्लो भएकै कारण के तपाईँमाथि यस्ता वाक्यांश प्रहार भएका छन् ? विवाहअघि अत्यन्त दुब्लो भएको गुनासो पनि महिलाहरू गर्छन् । यस्तो समयमा के खाने ? थोरै वजन बढाउन के गर्ने ? जीवनशैलीमा सामान्य परिवर्तन ल्याउँदा मोटाउने चाहना पूरा पनि हुन्छ :

यदि तपाईँ पनि मोटाउन चाहनुहुन्छ भने खानामा डाइट र क्यालोरीको मात्रा बढाउनुस् । क्यालोरी मात्र नभएर खानामा सबै जरुरी पदार्थ हुनु आवश्यक छ । यसले मांसपेशीलाई मजबुत बनाउँछ । साथै यसको निर्माणमा पनि सघाउँछ । यहाँ केही यस्ता खाद्य पदार्थको बारेमा जानकारी दिँदैछौं, जसले तपाईँको मोटाउने चाहना पूरा गरोस् ।

बिहान योग गर्नुहोस् । सामान्य शारीरिक अभ्यास पनि गर्नुहोस् । यसले भोक बढाउँछ । ‘एक्सरसाइज’को विकल्प ‘मर्निङवाक’ पनि हुन सक्छ । स्वच्छ हावाले ‘मेटाबोलिज्म’ बढाउँछ ।

ब्रेकफास्टमा दूध, दही, घिउको बढी प्रयोग गर्नुहोस् । यसले तपाईँलाई स्वस्थ मात्र राख्दैन, वजन बढाउन पनि सहयोग गर्छ । खानामा दाल, माछा मासु, अन्धालगायतका प्रोटिनयुक्त लगायटतका खानेकुरा खानुहोस् ।

राति किसमिस भिजाएर सुत्नुहोस् । बिहान सबेरै त्यो भिजाइएको किसमिस खानुहोस् । दुई/तीन महिनामा तपाईँको वजन बढ्छ ।
केरालाई सम्पूर्ण आहार मानिन्छ । दैनिक तीन–चार वटा केरा खाँदा वजन बढ्छ ।

तरकारीमा वा खानामा आलुको मात्रा पनि बढाउनुहोस् । यसबाट प्रशस्त कार्बोहाइड्रेट पाइन्छ । यसले अत्यन्त छिटो वजन बढाउन सहयोग गर्छ ।
केही दिनसम्म नरिवलको तेलमा पकाइएका खानेकुरालाई महत्त्व दिनुहोस् । नरिवलको तेलले दुब्लोपनाको समस्या हटाउन सहयोग गर्छ ।

१. प्रोटिनका लागि

कुनै पनि हाइ क्यालोरी डाइटका लागि प्रोटिन नभइनहुने तत्व हो । यो मांसपेशीको निर्माण तथा शरीरको लागि फाइदाजनक छ । चाहनुभयो भने प्रोटिनको मात्रा पूर्तिका लागि चिकेन ब्रेस्ट, माछा तथा दूधको अधिकभन्दा अधिक सेवन फाइदाजनक हुन्छ । यस्तै काजु, बदाम, गेडागुडी तथा सालमन पनि प्रोटिनका लागि निकै उपयोगी हुन्छ ।

२. कार्बोहाइट्रेडका लागि

हाइ क्यालोरीका लागि कार्बोहाइड्रेट पनि एक प्रमुख तत्व हो । कार्बोहाइड्रेटको पूर्तिका लागि तपाईँ बिहानको खाजामा स्याउ र सुन्तलालाई समावेश गर्न सक्नुहुन्छ । यस्तै गेडागुडी, पास्ता, तथा आलु पनि कार्बोहाइड्रेटको आपूर्तिका लागि उपयोगी हुन्छ । जुन तौल बढाउनका लागि पनि लाभदायक छ । यदि तपाईँ कार्बोहाइटेडको पूर्तिका लागि जुस सेवन गर्नुहुन्छ भने ख्याल गर्नुस्, त्यसमा सुगरको मात्रा कम होस् ।

३. स्न्याक्स लिनुस्

एकतर्फ तौल बढेर हैरान भएका मानिसहरूका लागि स्न्याक्स नखान सुझाव दिइन्छन्, अर्कोतर्फ तपाईँ वजन बढाउन चाहनुहुन्छ भने स्न्याक्स लिनु तपाईँका लागि फाइदाजनक हुन्छ । तर. तपाईँले लिएको स्न्याक्स स्वास्थ्यमा नराम्रो असर पार्ने खालको नहोस् भन्ने कुरामा भने तपाईँ सचेत रहनु जरुरी छ ।

४. व्रत-उपवासबाट टाढा रहनुस्

बिहानको खाजा वजन बढाउनका लागि निकै आवश्यक छ । बिहानको खाजा नखानु तपाईँको स्वास्थ्यका लागि पनि फाइदाजनक नहुन सक्छ । यो त्यस्तो समय हो, जुन समयमा तपाईँलाई सबैभन्दा धेरै क्यालोरीको जरुरत पर्दछ । तपाईँले चाहनुभयो भने ब्रेकफास्टमा अण्डा, घ्यूको मात्रा कम भएको दही, दूध अथवा केही फलफुल खान सक्नुहुन्छ ।

५. सन्तुलित डिनर

बेलुकाको खाना पनि तपाईँका लागि निकै आवश्यक हुन्छ । यो समयमा तपाईँले प्रोटिनले भरपुर खाना खानुभयो भने निश्चित रूपमा तपाईँको वजन बढ्ने छ । डीनरमा रातो मासु, माछा, चिकेन निकै उपयोगी हुन्छ । साथै सलाद पनि यो समयमा तपाईँका लागि फाइदाजनक हुनेछ ।

शरीरको तौल बढाउन चिया, कफी, रक्सी, सिगरेट जस्ता अम्मलबाट पनि टाढा रहन जरुरी छ । निद्राले शरीरको तौल बढाउन अत्यन्त ठुलो भूमिका खेल्छ । दैनिक सात/आठ घण्टा मीठो निद्रा सुत्नुहोस् । चिन्ता लिन छाड्नुहोस् ।

खजुर वा छोकडालाई दूधमा उमाल्नुहोस् । राति सुत्नुभन्दा पहिले राम्रोसँग चपाएर खानुहोस् । दूध पिउनुहोस् । दुई/तीन महिनामा नै तपाईँको समस्या समाधान हुन्छ ।
कब्जियत, अपच तथा अन्य समस्या छन् भने चिकित्सकसँग सम्पर्क गर्नुहोस् । कहिलेकाहीँ यस्ता रोगका कारण पनि वजन कम भइरहेको हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्