Logo

७० बर्षिय बिरामी बुवालाई जङ्गलमा लगेर छाडेपछि बृद्धाको मृत्यु



Spread the love

१८ असोज धनुषा – धनुषा जिल्लाको नगराइन नगरपालिकास्थित बेहरा गाउँका एक युवकले आफ्नो ७० बर्षिय बिरामी बुवालाई जङ्गलमा लगेर छाडेपछि बृद्धाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृतक ७० बर्षिया रामचन्द्र महतोको शव घरबाट करिब ३५ किलोमिटर दुरीमा रहेको बेलाचापी स्थित झाडीमा भेटिएको छ । स्याहार र हेरविचारको साटो जङ्गलमा लगेर छाडेपछि उनको मृत्यु भएको छ । मृतकको छ भाई छोराहरु मध्य कुन भाईले ६ दिन अगाडि नै बुवा रामचन्द्र महतोलाई झाडिमा फालेको हो भन्ने अझै पत्ता लागेको छैन् ।

मृतक महतोको दाहिने हातमा घाउ देखिएको छ अनुसन्धान गरिरहेका छौं प्रहरी निरीक्षक कुशवाहाले बताए । स्थानीयले बताए अनुसार महतो लामो समयदेखि बिरामी परीरहेका थिय र उनका छोराहरुले उपचार गराउनुको साटो आफ्नो बुवाको ज्यान लिएर छोराले अपराध गरेकाले कडा कारबाही गर्न स्थानीयकाे माग छ ।

प्रतिक्रिया दिनुहोस्