Logo

प्रहरीका ११ जना एसएसपी डिआईजीमा बढुवा (हेर्नुहोस् ! सुचीसहित )



Spread the love

२१ असोज, काठमाडौं- नेपाल प्रहरीका ११ जना प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी)हरुलाई प्रहरी नायब महानिरीक्षक (डिआईजी)मा बढुवाका लागि सिफारिस गरिएको छ ।

शनिवार बसेको बढुवा समितिको बैठकले बिनोद शर्मा घिमिरेलाई एक नम्बरमा बढुवा सिफारिस गरेको छ । प्रहरी बरिष्ठ उपरिक्षक विकास श्रेष्ठ दुई नम्बरमा डिआईजी बढुवाका लागि सिफारिस भएका छन् ।

त्यस्तै सिफारिस हुनेमा ठाकुर प्रसाद ज्ञवाली, पुर्णचन्द्र जोशी, तारिणी प्रसाद लम्साल, शैलेश थापा क्षेत्री, हरि बहादुर पाल, निरज बहादुर शाही, प्रधुम्न कुमार कार्की, हरिभक्त प्रजापती र सुर्य प्रसाद उपाध्याय रहेका छन । उनिहरु क्रमश तेस्रो नम्बर हुँदै सिफारिस भहेका छन् ।

प्रहरी नियमावली २०७१  (संशोधन सहित)को  नियम २७ को उपनियम (४)को प्रावधान अनुसार नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको प्रहरी नायब उपरीक्षक पद संख्या ११ मा बढुवाको लागि सिफारिस गर्न बसेको बढुवा समितिको बैठकले सो निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्