Logo

सरकार नालायक : शेरबहादुर देउवा



Spread the love

 

२१ असोज, काठमाडौं-  नेपाली कांग्रेसका सभापति तथा प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाले वर्तमान सरकारलाई ‘नालायक’ भएको भन्दै आलोचना गरेका छन ।

कञ्चनपुर घटनालाई लिएर विभिन्न्न आन्दोलन भईरहेका छन । महिनौ बितिसक्दा पनि १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई अझै पक्राउ गर्न नसकेको भन्दै उनले सरकारको आलोचना गरेका हुन् ।

नेपाल विद्यार्थी संघ डडेलधुरा सम्पर्क समितिले शनिबार काठमाडौंमा गरेको दशैंको शुभकामना आदान प्रदान कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले पन्तको बलात्कार तथा हत्या गर्नेलाई पक्राउ गर्नुको साटो प्रमाण मेटाउने काम भएको बताए ।

उनले अघि भने, ‘बलात्कारीलाई पक्राउ गर्न सक्दैन, प्रमाण मेटाउनेलाई कारबाही गर्न सक्दैन भने यो सरकार कति नालायक छ भन्ने प्रष्ट भएको छ ।’

प्रतिक्रिया दिनुहोस्