Logo

नेपाल भारतबीच ६ महिनाभित्र ३ सय ६ सीमास्तम्भ बनाउने सहमति



Spread the love

seema

नेपाल र भारतबीच झापामा हराएका तथा नष्ट भएका ३ सय ६ वटा सीमास्तम्भ ६ महिना भित्र पुनर्निर्माण गर्ने सहमति भएको छ ।

बिहीबार विर्तामोडमा बसेको नेपाल भारतबीचको अधिकार सम्पन्न संयुक्त टोलीबीच सीमास्तम्भ निर्माण गर्ने सहमति भएको नापी विभागका प्रमुख अधिकृत सुशील डंगोलले वताएका छन् । आजको राजधानी दैनिकमा समाचार छ ।

डंगोलका अनुसार झापा, मोरङ र सुनसरीमा भारतसँगको सीमा छुट्याउने ११ सय ७३ सीमास्तम्भ छन् ।

भारतको तर्फबाट प्रसाशक एडीएम, डिम र भारतीय नापी सर्वे अफिसर केबी खत्रीसमेतको उपस्थितिमा नेपाल-भारत सीमामा सन् २०१७को जुनसम्ममा ३ सय ६ वटा सीमास्तम्भ निर्माण गरिसक्ने तथा १ सय ७४ स्तम्भ भत्काएर मर्मत गर्नु पर्ने अवस्था भएको खत्रीले वताएका छन् ।

प्रतिक्रिया दिनुहोस्