Logo

वैदेशिक रोजगारीलाई सुरक्षित र कम जोखिमपूर्ण बनाइने : श्रममन्त्री



Spread the love

२३ असोज, काठमाडौं – देशमै रोजगारीको प्रशस्त अवसर सिर्जना नहुँदा हाल नेपालमा वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यात्मक अवस्था बढ्दो रुपमा रहेको छ । रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टले बढीरहेको वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यात्मक अवस्थालाई पाँच वर्षभित्रमा अन्त्य गरिने बताएका छन् ।                                       

हालको लागि वैदेशिक रोजगारीलाई सुरक्षित, भरपर्दो, व्यवस्थित र कम जोखिमपूर्ण बनाइने बताएका छन् । विदेशिएका युवा जनशक्तिलाई स्वदेश फर्काउनु चुनौतीपूर्ण रहेको बताउँदै उनले नेपालको श्रम, सीप, जोश र जाँगर नेपालकै विकासमा लगाइने र सरकार स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउन प्रयत्नशील रहेको बताएका छन् । उनले पूर्वाधार, आर्थिक, सामाजिक विकासमार्फत “सुखी नेपाली र समृद्ध नेपाल”को लक्ष्य हासिल गर्न सबै एकताबद्ध भएर लाग्नुपर्ने पनि बताए छन् ।

प्रतिक्रिया दिनुहोस्