Logo

रामेछापका स्थानीय तहमा कर्मचारी अभाव



Spread the love

२५ असोज, रामेछाप- देश संघीयतामा गएको लामो समय वितिसक्दा पनि रामेछापका जनप्रतिनिधिहरुले कर्मचारीको अभावमा कार्य सम्पादनमा समस्या भएको गुनासो गरेका छन् । स्थानीय तहको निर्वाचन भएको एक वर्ष बितिसक्दा समेत कर्मचारी तोकिएको कार्यालयमा नगएपछि सेवाग्राहीलाई सेवा प्रदान र विकास निर्माणका कार्यलाई अगाडि बढाउन समस्या भएको उनिहरुले बताएका छन ।

दोरम्बा गाउँपालिकामा आयोजना गरिएको एक सार्वजनिक सुनुवाइ कार्यक्रममा कर्मचारीको अभावमा जति काम हुनुपथ्र्यो त्यति हुन नसकेको स्वयम् जनप्रतिनिधिले पनि स्वीकार गरेका छन् ।

गाउँपालिका अध्यक्ष कमानसिंह मोक्तानले आफ्नो गाउँपालिकाको ७ वडामध्ये ३ वटा वडामा मात्रै वडा सचिव रहेको र अरू वडाका नागरिकलाई सहज रूपमा सेवा प्रवाह गर्न नसकेको स्वीकार गरे ।
कर्मचारीको अभावमा कार्यसम्पादन गर्न गाह्रो भएको र आफुहरुले जनतालाई गरेका प्रतिबद्दता पुरा गर्न नसकिएको जनप्रतिनिधिहरुले दुखेसो पोखेका छन ।

प्रतिक्रिया दिनुहोस्