Logo

पौष १३ गते देखि सल्यान मर्मापरिकाडाको राम्री सम्म जिप संचालनमा आउदै



Spread the love

सल्यान रुकुम यातायात ब्यवसायी समिति सल्यानले मर्मापरिकाडा ४ राम्री सम्म नियमित रुपमा जिप संचालन गर्ने भएको छ ।

15697802_689778124522226_1912389912214847162_n

जनताको चाहानालाई पुर्ती गर्नको लागि यात्रुमुखी सेवा दिन सफल सल्यान जिल्लाको एक मात्र अग्रनिय सेवा मुखी संस्था, सल्यान रुकुम यातायात ब्यवसायी समिति सल्यानले मङगल बार देखि सल्यानको बाग्चौर शाखा कार्यालय देखि मर्मापरिकाडाको राम्री सम्म जिप संचालनमा ल्याउन लागेको समितीले जानकारी दिएको छ ।

सल्यान जिल्लाको हकमा जनताको घर आगनबाटै गाडी चढेर गन्तव्य स्थान सम्म पुग्ने रहर सडकको बिस्तार संगै पुर्तिगर्दै गैरहेको र समय अनुकुल यात्रुको मागलाई संबोधन गरि यातायात सेवा दिई रहेको सल्यान रुकुम यातायात ब्यवसायी समिति सल्यानको पहिलो अभियान अन्तर्गत जिल्लाका आन्तरिक रुढहरुमा गाडी संचालन गर्ने क्रममा पौष १३ गते देखि बाग्चौर बाट भैरबी मा.बि मर्मापरिकाडा ४ राम्री सम्म जिप संचालन गर्न लागिएको समितिका अध्यक्ष लोकमान बुढाथोकीले जानकारी दिएका छन् ।

राम्रीको भैरबी मा.बि सम्म बाग्चौर,थारमारे,चौरपानी,ठुलिजिमाली,सानिजिमाली,पाट्कारे हुँदै नियमित रुपमा गाडी सन्चालन गरे सो क्षेत्रका धैरै यात्रुहरूको यात्रा सहज हुने स्थानीय बासिहरुको भनाई रहेको छ ।
प्रत्येक दिन बाग्चौर देखि राम्रीको लागि दिउँसो ३ बजे र राम्री बाट बाग्चौरका लागि बिहान ७ बजे गाडी छुट्ने छ

 

प्रतिक्रिया दिनुहोस्