Logo

वीर अस्पातलले भक्तपुरको दुवाकोटमा आफ्नो बहिरंग सेवा सुरु



Spread the love

२५ असोज, काठमाडौं – बुधबारबाट आफ्नो निर्माणाधिन भवनमा नै रहेर वीर अस्पातलले भक्तपुरको दुवाकोटमा आफ्नो बहिरंग सेवा सुरु गरेको छ । सेवा सञ्चालनका लागि मेडिकल अफिसर, नर्स, अहेव, कार्यालय सहयोगी, स्वीपर र सुरक्षागार्ड समेत सात जनाको व्यवस्था गरिएको बीर अस्पतालमा निर्देशक डा. भुपेन्द्र बस्नेतले बताए छन् । हरेक दिन विरामीको चापलाई हेरेर विशेषज्ञलाई रोटेसनका आधारमा दुवाकोट गई सेवा गर्ने व्यवस्था मिलाइने र विरामीको कति चाप हुन्छ त्यही अनुसार विस्तारै सेवाहरु पनि थप्दै लैजाने योजना रहेको बताएका छन् ।

सरकारले अस्पताल विस्तारका लागि भक्तपुरको दुवाकोटमा ५ सय ७० रोपनी जग्गा उपलब्ध गराएको थियो । दुवकोटमा विस्तारित वीर अस्पताल निर्माणको गुरुयोजना न्याम्सको सिनेटले पास गरे सँगै गुरुयोजनामा उक्त क्षेत्रमा १ हजारदेखि १५ सय शैयाको अस्पताल, नर्सिङ, फार्र्मेेसी स्वास्थ्यसँग सम्बन्धित कलेज, हेलिप्याडसहितको अस्पताल अबको ५ वर्षमा वनिसक्ने निर्देशक डा. बस्नेतले बताए । चालु आर्थिक वर्षमा उक्त जग्गामा विस्तारित वीर अस्पताल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन
(डिपिआर) तयार पार्नका लागि यो वर्ष ३० करोड रुपैयाँ वजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्