Logo

मोटरसाइकलले ठक्कर दिदा सात जना घाइते



Spread the love

२६ असोज, कंचनपुर – पूर्व–पश्चिम राजमार्ग कृष्णपुर–५ लालझाडी जङ्गलको अमखौया खोला नजिक गए राति मोटरसाइकलले ठक्कर दिँदा ६ मजदुरसहित सात जना घाइते भएका छन् ।

से ४ प ४३१ नं को मोटरसाइकलले साइकललाई पछाडिबाट ठक्कर दिदा गुलरियाबाट काम गरी घर फर्कने क्रममा कृष्णपुर –२ वाणी मुक्त कमैया शिविरका २९ वर्षीया रामकुमारी चौधरी, ३० वर्षीय सन्तोष चौधरी, २२ वर्षीय भगवानदास चौधरी, २० वर्षीय मुकेश चौधरी, २० वर्षीया मञ्जु चौधरी र सीता चौधरी घाइते भएको इलाका प्रहरी कार्यालय गुलरियाका प्रहरी नायब निरीक्षक भरत धामीले जानकारी दिएका छन् ।

घाइतेको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ भने घाइते मोटरसाइकल चालक राजेन्द्र पाललाई थप उपचारको लागि बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्