Logo

हवाई कारवाहीमा ४ तालिवान कमाण्डरसहित ३० मारिए



Spread the love

२६ असोज, अफगानिस्तान – अफगानिस्तानको फराह प्रान्तको विभिन्न भागमा विदेशी सैन्य बलले गरेको हवाई कारवाहीमा परी ४ तालिबान कमाण्डर मारिएका छन् ।

फराह प्रान्तका गभर्नर अब्दुल बासिर सलाङ्गीले खाक सफिद जिल्लामा भएको हवाई कारवाहीमा परी तालिबान कमाण्डर मुल्लाह बारी जानको मृत्यु भएको पुष्टि गरेका छन् ।

मुल्लाहले कम्तीमा ३ सय हत्या र आक्रमण गरेका टोलो समाचार समितिले जानकारी दिएको छ । मुल्लाहबाहेक मुल्लाह हान्जाला, मुल्लाह मुख्लिस् र मुल्लाह अब्दुल सलिम नाम गरेका तालिबान कमाण्डरहरु मारिएका सलाङ्गीले बताएका छन् ।

गत हप्ता फराह प्रान्तको विभिन्न भागमा भएको हवाई कारवाहीमा परी कम्तीमा ३० आतङ्ककारी मारिएका पनि उनले थप जानकारी दिएका छन् । तर, तालिबान आतङ्ककारी समूहले भने आफ्ना सदस्य मारिएको समाचारको खण्डन गरेका छन् । तालिबान सङ्गठनले आफ्ना सदस्य नमारिएको बताएको छ ।

साथै, कान्दाहार प्रान्तको मरिफ जिल्लामा भएको एक हवाई कारवाहीका क्रममा ४ जना सर्वसाधारणको पनि मृत्यु भएको बताइएको छ । यस आक्रमणका क्रममा अन्य ८ घाइते भएका पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्