Logo

चितुवाको छालासहित पक्राउ



Spread the love

२८ असोज, काठमाडौँ  – महानगरीय प्रहरी परिसर काठमाडौँले चितुवाको छालासहित एकजनालाई पक्राउ गरेको छ । परिसरअन्तर्गत रहेको महानगरीय प्रहरी प्रभाग कोटेश्वरको टोलीले चितुवाको पूर्ण कदको छाला लिएर हिँडिरहेको अवस्थामा काभ्रेपलाञ्चोकका १८ वर्षीय कुनसाङ्ग तामाङलाई शनिबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले जेब्रा झोलामा लुकाएर बेचविखन गर्न हिँडिरहेको अवस्थामा तामाङलाई नियन्त्रणमा लिएको जानकारी दिए । पक्राउ परेका तामाङलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला वन कार्यालय हात्तीसार पठाइएको परिसरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्