Logo

हत्या आरोपमा छ पक्राउ



Spread the love

८ कात्तिक, विराटनगर – विजयादशमीका दिन भएको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका छ अभियुक्तमध्ये आज एक जनालाई सार्वजनिक गरिएको छ ।

अन्य पाँच अभियुक्त १६ देखि १८ वर्षमुनिका छन् । जिल्ला प्रहरी कार्यालय मोरङद्वारा आज आयोजित पत्रकार सम्मेलनमा यही कात्तिक २ गते दशैँ मेला घुम्ने क्रममा विराटनगर–१४ का राहुल भगतको विराटनगर बुधहाट चोक हनुमान मन्दिर अगाडि छुरा प्रहार गरी हत्या गर्ने समूहलार्इ सार्वजनिक गरेको हो ।

सो आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेकामा विराटनगर–११ का १८ वर्षीय कुहिरा भनिने विशाल सहनीलाई सार्वजनिक गरिएको छ । अन्य आरोपित कम उमेर समूहका भएकाले सार्वजनिक नगरिएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोजकुमार केसीले जानकारी दिए । साथीबीच सामान्य भनाभन र झगडा भएकै आधारमा अभियुक्तले घेरा हाली भगतको हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको बताइएको छ । घटनास्थल नजीक राखिएको सिसी टिभी फुटेजको विश्लेषणबाट अभियुक्तसम्म पुग्न प्रहरी सफल भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्