Logo

इथियोपियामा पहिलो महिला राष्ट्रपति



Spread the love

८ कात्तिक, अडिस अबाबा – इथियोपियामा पहिलो पटक महिला राष्ट्रपति चयन भएकी छिन् । दुवै संसदले बिहीबार साहले वर्क ज्वदेलाई नयाँ राष्ट्रपतिका रूपमा निर्वाचित गरेको जनाइएको छ ।
निवर्तमान राष्ट्रपति मुलाटु टेसोमले राजिनामा दिएपछि जेवडे नयाँ राष्ट्रपतिका रूपमा निर्वाचित हुने मौका पाएकी हुन् ।

दक्षिण अफ्रिकी मुलुक इथियोपियाको दुवै सदनका सदस्यहरूका अगाडी नयाँ राष्ट्रपति ज्वदेले बिहीबार नै सपथ ग्रहण गरेकी छिन् ।
राष्ट्रपतिमा निर्वाचित भएपछि उनले सवै जनतालाई एकताको सुत्रमा बाँध्ने काममा आफुले जोड दिने बताइन् ।
उनले यसअघि अफ्रिकी युनियनमा इथियोपियाको स्थायी प्रतिनिधिका रूपमा काम गर्दा अन्तर्राष्ट्रिय क्षेत्रमा इथियोपियाको तर्फबाट राम्रो भूमिका खेल्नु भएको भन्दै प्रशंसा हुने गरेको थियो ।

अन्य अन्तर्राष्ट्रिय संस्थाहरूमा पनि विभिन्न जिम्मेवारी निर्वाह गरेकी उनलाई इथियोपियामा सम्मानित र प्रतिष्ठित कुटनीतिज्ञका रुपमा चिनिन्छ । उनी विभिन्न देशमा इथियोपियाको तर्फबाट राजदूत समेत भएकी थिइन् ।

इथियोपियाको दुवै सदनले निर्वतमान राष्ट्रपति टेसोमको राजिनामा स्वीकृत गरेपछि मात्रै ६८ बर्षीय ज्वदेलेलाई निर्वाचित गरेको थियो ।
सन् २०१३ को अक्टोबर तारिखका दिन राष्ट्रपतिमा निर्वाचित हुनुभएका ६३ बर्षीय टेसोम त्यसअघि टर्कीका लागि इथियोपियाका राजदूत थिइन् ।
उनले सरकारी उच्च अधिकारीका रूपमा र विभिन्न मन्त्रालयको मन्त्रीका रुपमा पनि जिम्मेवारी सम्हाली सकेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्