Logo

दुई अभियुक्त फरार



Spread the love

९ कात्तिक, विराटनगर – हत्याको अभियोगमा थुनामा रहेका दुई कैदी हिरासतबाट आज बिहान फरार भएका छन् ।

इलाका प्रहरी कार्यालय रानीको हिरासतमा रहेका थुनुवा विराटनगर–१७ का मोहमद आरिफ हुसेन र सदिम हुसेन आज बिहान १ बजेदेखि ४ बजेको अवधिमा फरार भएको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निशान थापाले जानकारी दिए ।

निजहरुले आफ्नै टोलका १० कक्षामा अध्ययनरत १७ वर्षीय विद्यार्थी मोहम्मद अस्ताक हुसेनको अपहरण गरी हत्या गरेकोमा अनुसन्धानका क्रममा पक्राउ गरी थुनामा राखिएको थियो । थुनुवा हिरासतमा रहेको झ्यालको छ वटा रड काटेर अभियुक्त फरार भएका हुन् ।

फरार अभियुक्त पक्राउका लागि खोजी कार्य भइरहेको र विभिन्न स्थानमा आकस्मिक जाँच गरिरहेको प्रहरीले बताएको छ । इलाका प्रहरी कार्यालय रानीमा २४ प्रहरी रहेकोमा पालोपालै छ÷छ जनाले आफ्नो कार्य गर्ने सूचना अधिकारी थापाले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय रानीबाट भारतीय सीमावर्ती क्षेत्र करीब ५०० मिटर दक्षिणमा रहको छ ।

प्रतिक्रिया दिनुहोस्