Logo

स्वास्थ्य संस्थामा औषधि अभाव



Spread the love

११ कात्तिक, महोत्तरी – गौशाला नगरपालिकास्थित सरकारी अस्पतालमा औषधिको अभाव भएपछि सेवाग्राही रित्तै हात फर्किनुपर्ने बाध्यतामा छन् ।

यहाँका सरकारी स्वास्थ्य केन्द्रमा नेपाल सरकारद्वारा निःशुल्क रुपमा पाइने औषधि उपलब्ध नहुँदा सेवाग्राही मर्कामा परेका छन् । औषधि नभएपछि उपचारका लागि सेवाग्राहीबाट गाली खानुपर्ने अवस्था रहेको स्वास्थ्यचौकी निगौलका इञ्चार्ज अर्जुनबहादुर बोहराले जानकारी दिए । एक सातादेखि ४९ किसिमका औषधि अभाव रहेको र यसबारे सम्बन्धित निकायमा जानकारी गराइसकिएको उनले बताए ।

दैनिक रुपमा करीब १५ देखि २० जनाको उपचारका लागि आउने सेवाग्राहीलाई निजी क्लिनिकमा गएर उपचार गराउनुपर्ने बाध्यता छ । चिकित्सक मनोज साहका अनुसार निःशुल्क रुपमा ५८ प्रकारका औषधि पाउनुपर्ने स्वास्थ्य संस्थामा सिटामोलसमेत नपाएपछि सेवाग्राहीको गाली सुन्नुपर्ने अवस्था आएको छ ।

वडा नं १ मा रहेको रामनगर स्वास्थ्यचौकीमा समेत सेभेन कम्युनिटीलगायत सिरपको अभाव छ । गत वर्ष पनि यस्तै चरम अभावपछि वडा कार्यालयको रु दुई लाखको बजेटमार्फत औषधि खरिद गरिएको थियो ।

जनस्वास्थ्य सहसंयोजक अशोककुमार महतोले एक महीना अगाडि नै रु १५ लाख बजेट औषधि खरिदका लागि बजेट निकासा गरिए पनि प्राविधिक कारणले बोलपत्र जारी गर्न नसकिएको जानकारी दिए । यहाँको स्वास्थ्य अवस्थाका बारेमा प्रतिनिधिसभा सदस्य दिलकुमारी साह, प्रदेशसभा सदस्य भरत साह र नगर प्रमुख शिवनाथ महतोलाई समेत आपूmले बारम्बार अवगत गराइसकेको उनले बताए । गौशालाका १२ वडामा छ स्वास्थ्यचौकी र एक प्राथामिक स्वास्थ्य केन्द्र छन् ।

प्रतिक्रिया दिनुहोस्