Logo

खानेपानी योजना सम्पन्न



Spread the love

१२ कात्तिक, दाङ – नागरिकलाई स्वच्च्छ, सफा तथा शुद्ध पिउने पानी वितरण गर्नेका लागि साढे दुई वर्ष पहिले शुरु गरेको नारायणपुर खानेपानी योजनाको निर्माण कार्य सम्पन्न भएको छ ।

निर्माण सम्पन्न भएसँगै अब नारायणपुरवासीले स्वच्छ तथा शुद्ध पानी खान पाउने भएका छन् । नारायणपुर क्षेत्रका अधिकांश घरमा अहिले पनि कुवा रहेको र स्थानीयवासीले त्यही कुवाको पानी पिउँदै आएका छन् ।

नेपाल सरकारको ७० अनुदान र उपभोक्ताको २० श्रमदान र १० प्रतिशत नगद गरी जम्मा रु १५ करोड १४ लाखको लगानीमा सो योजना सम्पन्न भएको नारायणपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष श्रवण रजौरेले जानकारी दिए ।

यस योजनाअन्तर्गत चार लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्याङ्की निर्माण, फिल्टर मेशिन जडान, पानीको नमूना परीक्षण, दुई लाख क्षमता भएको भण्डारण ट्याङ्की निर्माण र पाइपलाइन विस्तारलगायत काम गरिएको पनि अध्यक्ष रजौरेले जानकारी दिए ।

विसं २०७२ चैत १२ गते टेण्डर प्रक्रियाबाट सो योजना निर्माणको जिम्मेवारी चन्द्रा एण्ड वसन्त कन्सट्रक्सन प्रालि काठमाडाैँले पाएको हो । तोकिएको समयभित्र गुणस्तरीय काम हुनुपर्ने भन्दै त्यहाँका उपभोक्ताले निर्माण कम्पनीलाई यसअघि पटक पटक दबाब दिँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्