Logo

सेवा शुल्क परिमार्जन गर्न नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको माग



Spread the love

१३ कात्तिक, काठमाडौँ – नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले कामदारको आधा महीनाको तलब बराबरको सेवा शुल्क पाउने प्रावधान परिमार्जन नगरिए मलेसिया कामदार पठाउन नसकिने जनाएको छ ।

आज आयोजित कार्यक्रममा सङ्घका अध्यक्ष रोहन गुरुङले आधा महीनाको तलब बराबरको सेवासुविधाले कर्मचारी र कार्यालय व्यवस्थापन तथा बजार प्रवर्द्धन गर्न नसकिने बताए । उनले नेपाली श्रमिकलाई सम्पूर्ण खर्च व्यहोरेर लैजानुपर्ने अवस्थामा दरबन्दी प्रणाली लागू नगरिए मलेसियाको रोजगारी गुम्न सक्नेतर्फ सरकारको ध्यानाकर्षण गराए ।

सस्तो कामदारको खोजीमा मलेसियाका रोजगारदाताले अन्य मुलुकबाट कामदार लैजान सक्ने उनको जिकिर थियो ।
नेपाल र मलेसिया सरकारबीच भएको श्रम समझदारी स्वागतयोग्य भए पनि वैदेशिक रोजगारदाता संस्थाले पाउने सेवा शुल्क प्राप्त हुने सुनिश्चितता नभएको उनले बताए ।

सङ्घका पूर्वअध्यक्ष विमल ढकालले वैदेशिक रोजगारदाता संस्था पाउने सेवा शुल्क वैज्ञानिक ढङ्गबाट तोकिनुपर्नेमा जोड दिनुए । निश्चित सेवा शुल्कको सुनिश्चितता भए निःशुल्क रुपमा कामदार पठाउन व्यवसायी तयार रहेको उनको भनाइ थियो ।

प्रगतिशील वैदेशिक रोजगार मञ्च नेपालका अध्यक्ष चित्रगुप्त साँवा लिम्बूले सरकारले मलेसियासँगको श्रम समझदारी गर्दा व्यवसायीसँग छलफल नगरेको गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस्