Logo

गुटगट राजनैति हैन युवाहरू रोजगार चाहन्छन : यातायात मजदुर



Spread the love

majdur-flag

राजनैतिक पाटीहरु भित्र पछिल्लो समयमा ब्यप्त रहेको गुटउपगुटले बेलाबेलामा चर्चा लिइरहेको बेला सल्यानमा भने गुटउपगुटको अन्त्य गरिनु पर्ने माग सहित माओवादी केन्द्र निकट यातायात मजदुरहरूले जिल्ला पाटी कार्यालय सल्यानमा ज्ञापनपत्र बुझाएका छन् ।

हिजो क्रान्तिका सपना रुपि झोला बोकाउने नेताहरूले आज आफ्नै नेता कार्यकर्ताहरू लाई भुलेर  पाटी भित्रै एक नेताले अर्को नेताको अस्तित्वलाई स्विकार्न नसक्ने अवस्था भैसकेको र पाटीलाई कमजोर गराउदै शहीदका सपनाहरू लाई ओझेलमा पार्ने कुचेस्टा गरिएकोले उक्त प्रवृत्ति सल्यानी जनताहरुका लागि स्वीकार्य नहुने र यसको अन्त्य गरिनु पर्ने भन्दै सल्यानमा माओवादी केन्द्र निकट यातायात मजदुरहरूले पाटी कार्यालयमा ज्ञापन पत्र बुझाएका हुन ।

पाटी भित्रकै धुर्बिकरणले मजदुरहरूले नै काम गरी खाने वातावरण नभयको भन्दै आक्रोश सहित पाटी कार्यालयमा नेतृत्वलाई ज्ञापन पत्र बुझाउन गएका मजदुरहरूले आफुहरुको माग नसुनिए त्यसको प्रतिफल राम्रो नहुने बताएका छन् ।

जिल्लामा सबै पाटीका करिब पाँच सय भन्दा बढी मजदुरहरूले रोजगार पाइरहेको सल्यान रुकुम यातायात व्यवसायी समितिलाई केही राजनैतिक दलका अगुवा नेताहरूले बेलाबेलामा कमजोर पार्ने खालका गतिविधि गर्दै आइरहेको र त्यसमा माओवादी केन्द्रका केही नेताहरूको पनि मुख्य भूमिका रहेको भन्दै मजदुरहरूको रोजिरोटि खोस्ने प्रयास नगर्न नेताहरूलाई चेतावनी दिएका छ्न।

हिजो पढ्ने लेख्ने समयमा बन्दुक बोक्न लगाउने पनि उनै नेता भएको  र आज पाटीले बेवारिसे अवस्थामा छाडेको अवस्थामा पेट पाल्नको लागि गरिरहेको मजदुरि खोस्न आउने पनि उनै नेता भएकोले आफूहरुलाई सह्य नहुने जनमुक्ति सेना बाट स्वैच्छिक अबकास लिएका चित्र बहादुर राणा (संसार)ले बताए ।

राणाले सल्यान रुकुम यातायात व्यवसायी समितिमा माओवादी पाटी भित्र त्याग तपस्या गरेका धेरै जसो माओवादी केन्द्र र अन्य पाटीका कार्यकर्ताहरूले मजदुरी गरिरहेकाले यो संस्थालाई साथ दिएर अन्य युवा हरुलाई रोजगारी दिलाउने मार्गतिर लाग्न पाटीका अगुवा नेताहरूलाई आग्रह गरेका थिय ।

गुटउपगुटको राजनैतिक अन्त्य गर्नु पर्ने, कार्यकर्ताको रोजिरोटी खोस्ने होइन उनीहरूको भविष्य गराउन अन्य उद्योगहरु स्थापना गरी कार्यकर्ताको व्यवस्थापन गर्न पाटी लागि परोस् भन्ने माग उल्लेख गरिएको ज्ञापनपत्र माओवादी केन्द्र सल्यानका संयोजक कर्ण बहादुर बुढाथोकी (छाहारी )लाई बुझाउदै अहिले सम्म आफुहरु माओवादी केन्द्रका इमानदार कार्यकर्ता भएको र पाटीले अझै पनि आफुहरुलाई बेवास्था गरे जस्तो सुकै कदम उठाउन पनि पछि नपर्ने साथै पाटीको नेतृत्वका  विरुद्ध कडा खाले आन्दोलन गर्ने बाध्य हुने बताएका छन् ।

उता वाइसीएल नेपाल सल्यानका अध्यक्ष सोभाराम भण्डारी, वरिष्ठ उपाध्यक्ष प्रकाश भण्डारीले सल्यान रुकुम यातायात व्यवसायी समिति मा आवद्द मजदुरहरूले गरेका जस्ता सुकै आन्दोलनका कार्यक्रममा वाइसीएल सल्यानले जस्तो सुकै सहयोग गर्न पनि तयार रहेको बताएका  छ्न ।

पाटीको गुटउपगुटले वाइसीएलको अस्तित्व लाई मेटाउन खोजेको आरोप लगाउदै भण्डारीले आन्दोलनमा संग्लग्न सम्पूर्ण मजदुर कर्मचारी वाइसीएलका जिम्मेवार व्यक्ति भयको बताएका छन् । वाइसीएललाई नेताहरूले आफ्नो अनुकूल समय हेरी प्रयोग गरेर छाड्ने गरेको प्रवृत्तिको विरुद्धमा खुलेर लाग्न समेत पार्टीका  नेता कार्यकर्ता लाई आह्वान गरेका छन् ।

पाटीका जिल्ला इन्चार्ज नेब बहादुर कवर (विवेक)ले ज्ञापन पत्रको मर्मलाई बुझी पाटीका गतिविधिहरू लाई सच्याउन आफुहरु लागि पर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्