Logo

देउसी भैलोको रकम रक्तअर्बुद पीडितलाई



Spread the love

२६ कात्तिक, लमजुङ – रक्त क्यान्सरको बिरामी भई उपचाररत यहाँका एक बालकको उपचारका लागि युवाले सहयोग गरेका छन् । बेंसीशहर नगरपालिका–३ गाउँशहर थुम्काडाँडाका पाँच वर्षीय प्रशान्त मजाकोटीको उपचारका लागि जनज्योति युवा क्लबमा आबद्ध गाउँका युवाले देउसीभैलो र सांस्कृतिक कार्यक्रममार्फत रु दुई लाख ८५ हजार जुटाएका हुन् ।

क्लबका अध्यक्ष सञ्जय मजाकोटीका अनुसार सदरमुकाम बेंसीशहरमा गरिएको घरदैलो कार्यक्रममा ६१ हजार ९६०, छिमेकी गाउँमा खेलिएको देउसी भैलोबाट ४३ हजार ४५० र गाउँमा आयोजित सांस्कृतिक कार्यक्रमबाट रु एक लाख ८० हजार गरी कूल रु दुई लाख ८५ हजार ४१० सङ्कलन गरिएको हो ।

काठमाडौँमा कोठा भाडामा लिएर बिरामी छोराको उपचार गर्दै आएको आमा प्रमिला मजाकोटीले बताए । श्रीमान् कतारमा काम गर्नुहुन्छ जेनतेन अहिलेसम्म उपचार खर्च धान्दै आएको उनले बताए । हिमालयन बैंक लिमिटेडमा रहेको प्रमिला मजाकोटी नामक ००२०७५८५७८००१८ नंको खातामा सहयोग रकम जम्मा गराइदिन उनले सहयोगी मनहरुमा आग्रहसमेत गरेका छन् ।

बालकको उपचारका लागि देश–विदेशबाट गरी हालसम्म रु दुई लाख ४१ हजार सहयोग जुटेको जनज्योति क्लबले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्