Logo

भूकम्पपीडितको ब्यथाः पालबाट पानी, जस्ताबाट शीत



Spread the love

bhukampa-pidit

 

केही दिनयता वषर्ासँगै बढेको हिमपातले भूकम्पप्रभावित जिल्लाका नागरिकको जनजीवन प्रभावित भएको छ । गतिलो छानो र न्याना कपडा नहुँदा सिन्धुपाल्चोक, गोरखा, धादिङ, दोलखालगायत जिल्लाका भूकम्पपीडित अस्थायी टहरोमा सकसपूर्ण रात कटाइरहेका छन् ।

 

‘पाँच दिनदेखि घामको अनुहार देख्न पाएका छैनौं । दिनैपिच्छे पानी परिरहेको छ’ सिन्धुपाल्चोकको हिमाली गाउँ सेलाङस्थित बाँसखर्क शिविरका बेनबहादुर थापाले भने, ‘टहराको पाल पनि च्यातिएको छ, कठ्यांगि्रएरै मरिने पो हो कि’ उक्त शिविरमा वतासे, गोल्चे, गुम्बा र स्याउलेका भूकम्पपीडत वस्दै आएका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्