Logo

प्रहरी जवान हिरासतमा



Spread the love

२८ कात्तिक, दाङ – थुनुवा भगाउन सहयोग गरेको अभियोगमा इलाका प्रहरी कार्यालय तुलसीपुरले आज एक प्रहरी जवानलाई पक्राउ गरेको छ ।

प्रहरी जवान शेरबहादुर बुढाथोकीलाई पक्राउ गरी थुनामा राखिएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रेम शाहीले जानकारी दिएका छन् । प्रहरीको गाडीबाट आज जिल्ला प्रशासन कार्यालयबाट म्याद थपेर इप्रका ल्याउँदै गर्दा रानी जरुवाका १९ वर्षीय थुनुवा विष्णु बुढाथोकी हाम फालेर फरार भएका थिए । थुनुवालाई भगाउन शेरबहादुरले सघाएको प्रमुख शाहीले बताए । फरार थुनुवाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्