Logo

यात्री ठग्नेलाई जरिवाना



Spread the love

२९ कात्तिक, काठमाडौँ – ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले यात्री ठगेको अभियोगमा शुभ अधिकारी ट्राभल्सलाई रु छ हजार जरिवाना गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबार उक्त ट्राभल्सका दुई वटा बसलाई नियन्त्रणमा लिइ जरिवानाका लागि पठाएकामा आज प्रतिबस रु तीन हजारका दरले जरिवाना गराइएको यातायात व्यवस्था कार्यालयले जनाएको छ । पर्यटक बसको टिकट काटेर साधारण बसमा यात्रा गराएको उजुरी परेपछि प्रहरीले ती बसलाई नियन्त्रणमा लिएर कारवाहीको प्रक्रिया बढाएको थियो ।

प्रतिक्रिया दिनुहोस्