Logo

शंकास्पद अवस्थामा युवा मृत फेला



Spread the love

३० कात्तिक, दाङ – तुलसीपुर उपमहानगरपालिका–६ राजापुरमा डेरा गरी बस्ने ३७ वर्षीय गोविन्द बुढा नजिकैको बाँसको रुखमा झुण्डिएको अवस्थामा आज मृत फेला परेका छन् ।

इलाका प्रहरी कार्यालयका प्रमुख जीवन शाहीले प्यूठान, नौ बहिनीका बुढाको शव परीक्षणका लागि राप्ती अञ्चल अवस्थामा पुर्याइएको बताए । घटना शङ्स्पद रहेकाले अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

यस्तै बिहीबार तुलसीपुर–६ गोलौराको सरस्वती सामुदायिक वनमा वडा नं १२ रक्षेनाका ३० वर्षीय रामबहादुर गौतमको शव फेला परेको थियो । शवको प्रकृति हेर्दा पाँच÷सात दिनअघि मृत्यु भएको हुनसक्ने प्रहरी अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्