Logo

शृंखला खतिवडाको मिस वर्ल्ड यात्रा सुखद बन्दै , जित्ने सम्भावना प्रवल (फोटो फिचर)



Spread the love

चीनको सान्यामा डिसेम्बर ८ अर्थात् मंसिर २२ गते शनिबार हुने ‘मिस वर्ल्ड’ प्रतियोगिताका लागि मिस नेपाल २०१८ की बिजेता शृङ्खला खतिवडा अहिले चिनमा छिन् । अहिलेसम्म कुनै पनि मिस नेपालले अन्तर्राष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगिताको उपाधि जितेका छैनन् ।

मिस नेपालको उपाधि जिते सँगै शृङ्खलाको चर्चा एकाएक चुलिएको हो । किनकी यसअघि नेपालका कुनै पनि सुन्दरीहरु प्रेडिक्टरहरुको नजरमा परेका थिएनन् । यही कारण पनि यतिबेला श्रृङखलाको चर्चा थप चुलिएको छ । यसपटक श्रृंखलालाई कडा प्रतिस्पर्धीको रुपमा उभाइएको छ । जुन शृङ्खलालाई मिस वर्ल्डको उपाधीका लागि सहज बनाउँन सक्छ ।

प्रत्येक प्रतियोगीले प्रतियोगितामा जानु अघि ठुला ठुला भाषणका साथ आफुले जितेर आउने बिचार ब्यक्त गर्थे । तर शृंखलाले रास्ट्रीय झन्डा बोकेर आत्मविश्वासका साथ ‘आई विल मेक अल अफ यु प्राउड’ भन्दै देश छोडिन् ।

सामाजिक सञ्जालमा शृङ्खलाको फ्यान फलोइङ लोभलाग्दो छ । उनलाई भरपुर्ण तरिकाले भोट गरी सहयोग गरे देशको नाम पनि चम्किनेछ भने उनलाई सजिलै टप १० मा पुग्न पनि सहयोग मिल्नेछ ।

शृंखला खतिवडाको संयोजनमा चेपाङ बस्तिलाई सहयोग पुर्याउने एउटा प्रोजेक्टमा काम भैरहेको छ । ब्युटी विथ अ प्रपोज अन्तर्गत रहेर उनले यस कामको डकुमेन्ट्री निर्माण गरेकी हुन् । जसले उनलाई मिस वल्ड बन्नका लागि पक्कै सहयोग गर्नेछ ।उनलाई भोट, लाइक र सेयर गरेर हामीले आफ्नो तर्फबाट सहयोग गर्दै बिजेता बन्नमा साथ दिन सक्छौँ ।

उनलाई यसरी भोट गर्ने तरिका:

उनलाई भोट गर्नको लागि पहिले मबस्टार एप डाउनलोड गर्ने, सर्च बक्समा गएर शृङ्खला सर्च गर्ने र निलो रंगको आइकनमा टिक गरेर फलो गर्ने त्यसपछी उनको प्रोफाइलमा भएको फोटो भिडियो लाइक, सेयर गरेर साथ दिन सकिन्छ । र श्रृङखलाले पनि सम्पुर्ण नेपालीहरुलाई भोट गरी सहयोग र साथ दिन अनुरोध गरेकीछिन् ।

स्मरण रहोस यसअघि मिस वर्ल्डमा भाग लिन गएका मिस नेपालहरुमा इसानी श्रेष्ठ सन् २०१३ मा टप १० सम्म पुग्न सफल भएकी थिईन् भने ब्युटी विथ अ प्रपोजको टाइटल समेत जितेकी थिईन् । त्यसपछि कुनै पनि मिस नेपालहरुले मिस वर्ल्डमा कुनै उपाधी जित्न सकेका छैनन् ।

मिस नेपाल २०१८को प्रतिस्पर्धामा २४ जनालाई पछाडि पार्दै शृंखला खतिवडाले मिस नेपालको ताज पहिरिन सफल भएकी थिइन् । २२ बर्षीय शृंखलाले मिस नेपालको मुख्य उपाधिसँगै उत्कृष्ट कपाल र उत्कृष्ट फेसन विधामा पनि पुरस्कार हात पारेकी थिइन् ।

Nepal – Shrinkhala Khatiwada – Contestant Introduction (Miss World 2018)

https://youtu.be/nPt8bK2gbaU

बोल्ड एण्ड ब्युटिफुल शृंखला

यो पनि हेर्नुहोस् :

मिस नेपाल श्रृंखला खतिवडाको ‘मिस वर्ल्ड’ तयारी

प्रतिक्रिया दिनुहोस्