Logo

‘काङ्ग्रेसले पार्टीभित्र परिवर्तन खोजेको छ’



Spread the love

५ मङ्सिर, भक्तपुर – नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीले अहिले आफैभित्र परिवर्तन खोजेको बताएका छन् ।

आज पूर्वकर्मचारी समाज नेपालको प्रथम वार्षिकोत्सवमा उनले काङ्ग्रेस पार्टी लथालिङ्ग हुँदै गएको टिप्पणी गर्दै सङ्क्रमणबाट गुज्रिरहेको पार्टीलाई महासमिति बैठकले मिलाएर लैजानुपर्नेमा जोड दिए । उनले तोकिएको मितिबाट महासमिति बैठक सर्यो भने पार्टीलाई ठूलो नोक्सान हुने बताए ।

कोइरालाले सरकारले दुई तिहाइको दम्भ देखाएर जान नहुने सुझाव दिँदै सरकारले जे ग¥यो त्यो कानून हो भन्ने बुझाइ त्याग्न आग्रह गरे । कार्यक्रममा काङ्ग्रेसका केन्द्रीय सदस्य एवंपूर्वमन्त्री शङ्कर भण्डारीले पार्टीभित्रका गुटउपगुटको अन्त्य गर्नुुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्