Logo

विद्यालयका लागि जापानी सहयोग



Spread the love

११ मङ्सिर, काठमाडौँ – जापान सरकारले सिन्धुपाल्चोकको सुनकोशी नगरपालिकास्थित जनजागृति माविलाई भूकम्प प्रतिरोधी बनाउन करीब रु चार करोड ९० लाख उपलब्ध गराउने भएको छ ।

सहयोग सम्बन्धमा आज नेपालस्थित जापानी राजदूत मासामिची साइगो र चाइल्ड फण्ड जापानका उपकार्यकारी निर्देशक कोजी मात्सुराले हस्ताक्षर गरे । चाइल्ड फण्ड जापानको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो ।

स्थानीय सरकार, सरोकारवाला निकायहरु र स्थानीय जनतासँग निकट सम्बन्ध राखी उक्त परियोजना कार्यान्वयन गरिने नेपालस्थित जापानी राजदूतावासले जनाएको छ । परियोजनाबाट सुनकोशी नगरपालिकाको सो विद्यालयको पुनर्निर्माण गरिने, विद्यालयमा छ वटा कक्षाकोठा निर्माण गरिने तथा खानेपानीको प्रबन्ध गरिनेछ । विद्यालय व्यवस्थापन समितिको क्षमता निर्माण गरिनेछ ।

कार्यक्रमअन्तर्गत बाल अधिकारमा आधारित स्कूल विपद् जोखिम न्यूनीकरण–रोकथाम योजना बनाउन मद्दत गर्ने, आपत्कालीन परिस्थितिमा बाल सुरक्षाको सचेतना वृद्धि गर्ने तथा आपत्कालीन तालीम उपलब्ध गराइनेछ । सम्झौताका क्रममा राजदूत मासामिची साइगोले नेपालको सामाजिक क्षेत्रमा सहयोग गर्न पाउँदा खुशी लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्