Logo

थ्रेसरले किचेर एकको मृत्यु



Spread the love

११ मङ्सिर, सर्लाही – सर्लाहीको ईश्वरपुर नगरपालिका–४ साइबाबा चोकबाट धान थ्रेसर लगाएर फर्किंदै गरेको ना५त ४९७५ नंंको ट्र्याक्टरमा जडित थ्रेसर मेशिन पल्टिँदा वडा नं ७ का ४७ वर्षीय बालकिशोर सिंहको मृत्यु भएको छ ।

घाइते सिंहलाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार गरी थप उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि फरार रहेका ट्र्याक्टर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पाँच दिनअघि मात्रै सर्लाहीको कविलासी नगरपालिका–९ सलेमपुरमा मेशिनमा बेरिएर एक मजदूरको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्