Logo

प्रहरी जवान मृत भेटिए



Spread the love

१६ मङ्सिर, दमक – इलाका प्रहरी कार्यालय दमकमा कार्यरत प्रहरी जवान २४ वर्षीय टेकराज पौडेल आज मृत भेटिएका छन् ।

सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ घर भएका पौडेल दमक नगरपालिका–६ मा डेरा गरी बस्दै आएका थिए । उनी डेरामा मृत फेला परेको प्रहरी नायब उपरीक्षक श्यामल सुब्बाले जानकारी दिए । डेरामा एक्लै बस्दै आएका पौडेल आज बिहान काम सकेर डेरामा फर्केका थिए । पौडेल तीन वर्षअघि प्रहरी सेवामा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्