Logo

नगदरहित स्वास्थ्य उपचार सेवा सम्झौता



Spread the love

१६ मङ्सिर, काठमाडौँ – अजोड इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरीद गर्नेले बीमा लेखाको सीमासम्म ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालबाट नगदरहित स्वास्थ्य उपचार सेवा प्राप्त गर्नसक्ने भएका छन् ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका निर्देशक डा चक्रराज पाण्डे र इन्स्योरेन्स लिमिटेडका कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले सो सम्बन्धी सम्झौता पत्रमा आज यहाँ हस्ताक्षर गरे ।

सो अवसरमा निर्देशक डा पाण्डेले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले विश्वस्तरको गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराइराखेको बताए ।

अस्पतालले नगदरहित उपचार सेवालाई प्रवद्र्धन गर्न तथा स्वास्थ्य बीमाबारे सचेतना जगाउन सो इन्स्योरेन्सँग सम्झौता गरेको जनाएको छ ।

इन्स्योरेन्स कम्पनीका कार्यकारी निर्देशक खत्रीले आफ्ना ग्राहकलाई बीमालेखा तोकिएको सीमासम्म सुविधा प्रदान गर्न सम्झौताले सहयोग गर्नेछ भने ।

प्रतिक्रिया दिनुहोस्