Logo

छाउगोठ मुक्त घोषणा



Spread the love

१६ मङ्सिर, अछाम – मेल्लेख गाउँपालिका–१ र २ ऋषीदहलाई छाउगोठ मुक्त वडा घोषणा गरिएको छ ।

गाउँपालिका अध्यक्ष लोकबहादुर बोहराल–२ को डाँडासिरीमा आज पत्रकार सम्मेलन गरी दुईवटै वडालाई छाउगोठ मुक्त घोषणा गरिएको जानकारी दिनुभयो । जनयुद्ध कालदेखि नै छाउपडी नमान्ने ऋषिदहमा शान्ति प्रक्रियापछि पुनः छाउगोठ अस्तित्व शुरु भएका थिए । पछिल्लो दुई वर्षयता स्थानीय महिला सञ्जाल, आमा समूह र अन्य सरोकारवालाको सक्रियतामा ऋषिदहमा छाउपडी मान्ने प्रचालन पूर्ण रुपमा अन्त्य भएको जनाइएको छ ।

छाउपडीको नाममा विभिन्न सङ्घ संस्थाले कार्यक्रम सञ्चालन गर्ने, छाउगोठ भत्काउने र तामझामसहित गोठमुक्त घोषणा गर्ने तर व्यवहारमा छाउपडी कायमै रहने अवस्थालाई चुनौती दिन पत्रकार सम्मेलन गरी गोठमुक्त घोषणा गरिएको अध्यक्ष बोहराले बताए ।

प्रतिक्रिया दिनुहोस्