Logo

बेपत्ता मुखिया फेला परेनन्



Spread the love

१७ मङ्सिर, सप्तरी – माछा मार्न जाँदा सप्तरीको डाकनेश्वरी नगरपालिका–३ हटेलका २२ वर्षीय रामबाबु मुखिया आइतबारदेखि बेपत्ता भएका छन् ।
डाक्नेश्वरी–३ स्थित पातो–हटेलका बीचमा रहेको खड्ग नदीमा बनेको पुलको साइफनमा जमेको पानीमा डुबेर बेपत्ता भएका मुखिया अझै फेला परेका छैनन् ।
साइकलमा धान बोकी बेच्नका लागि पातो बजारतर्फ गइरहेका रामबाबु पुलमुनि जमेको पानीमा माछा देखेपछि साइकल रोकी माछा मार्न पानीभित्र प्रवेश गर्दा बेपत्ता भएको उनिसँगै गएका साथी राजलाल मुखियाले बताए ।

सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले आज दिनभरि खोजीको प्रयास गरे पनि साइफनभित्र प्रवेश गर्न सकेन । पुलमुनि १६ वटा पिलरमा घुमाउरो प्रकारले बनेको साइफन करीब डेढ सय मिटर लामो र तीन मिटर गहिरो भएकाले खोजी कठिन भएको नगरपालिकाका प्रमुख शिवनारायण साहले बताए ।
काठमाडौँबाट गोताखोर मगाइएको जानकारी दिँँदै सशस्त्र प्रहरी बल राजविराज गणका प्रहरी उपरीक्षक खेम थापाले मङ्गलबार बिहान गोताखोर आइपुगेपछि पुनः खोजी गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्