Logo

विमानस्थलबाट सुन तस्करी



Spread the love

gold smugglingपुस २१, २०७३- नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले विमानस्थलको प्रवेश द्वार, गोल्डेन गेटबाट बाहिरिन लागेको अवस्थामा करिब ३३ किलो अवैध सुन बरामद गरेको छ ।

एअर अरेबियाको विमानबाट काठमाडौं ल्याइएको उक्त सुन विमानस्थलको भन्सार पास गरेर सुरक्षित स्थानतर्फ लगिँदै थियो ।

युएईबाट सुन लिएर आएका गोपालबहादुर शाही भाडाको ट्याक्सीमा सुन बोकेर गन्तव्यतर्फ जाँदै गरेको अवस्थामा खानतलासी गर्दा सुन फेला परेको हो । ब्युरो टोलीले शाहीलाई पक्रेपछि उनले नै सुनको जिम्मा लिने भनिएका दुई व्यक्तीलाई बोलाएका थिए ।

निजी कार हाँकेर मोरङका दिनबन्धु थापा र धनुषाका सन्तोष काफ्ले शाहीले ल्याएको सुन लिन आएका थिए । त्यही बेला उनीहरुलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

२४४ वटा दस तोलाको बिस्कुट, १८ वटा सिक्री र ११ वटा औंठी प्रहरीले बरामद गरेको छ । दुई फरकफरक लगेजभीत्र प्लास्टिकले र्‍याप गरेर ल्याइएको सुन जम्मा ३३ किलो रहेको ब्युरोको डिआईजी नवराज सिलवालले बताए ।

‘भन्सारको नियमित सुरक्षा घेरा पार गरेर त्यतिका परिणामा सुन कसरी बाहिर आयो भन्ने प्रश्न उठेको छ,’ उनले भने ।

सिलवालले विदेशबाटै आएको सुराकीको आधारमा सुन पक्राउ परेको बताउँदै भने, ‘अवैध कारोवारीमाथी थप अनुसन्धान हुँदैछ ।’

 

प्रतिक्रिया दिनुहोस्