Logo

अस्थिपञ्जर फेला



Spread the love

१९ मङ्सिर, दमौली – तनहुँको आँबुखैरेनी गाउँपालिका–३, अँधेरीखोलाको मुहानमा एक व्यक्तिको अस्थिपञ्जर फेला परेको छ ।

सोही वडाको कोटथोक निवासी ४४ वर्षीय टेकबहादुर थापाको अस्थिपञ्जर आज फेला परेको हो । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राकाले गत कात्तिक १२ गतेदेखि हराइरहेका थापाको अस्थिपञ्जर फेला परेको जानकारी दिए ।

अँधेरीखोलाको खोल्सामा थापाले लगाएको ट्राउजर फेला परेपछि खोजी गर्दै जाँदा ट्राउजर भेटिएको ठाउँभन्दा केही पर सडेगलेको अवस्थामा सोे अस्थिपञ्जर भेटिएको थियो । अस्थिपञ्जरसँगै भेटिएको कपडाका आधारमा उनका आफन्तले शवको सनाखत गरेको प्रहरी निरीक्षक थापाले जानकारी दिए । मानसिक स्थिति ठीक नभएका थापाले यसअघि आफैँले घाँटी काट्ने प्रयास गरेको आफन्तलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्