Logo

घाइतेलाई रु दुई लाख सहयोग



Spread the love

२४ मङ्सिर, दार्चुला – मालिकार्जुन गाउँपालिका– ३ तेर्छालेकमा मङ्सिर ९ गते भएको मिनि बस दुर्घटनाका घाइतेलाई लेकम गाउँपालिकाले उपचारका लागि रु दुई लाख सहयोग गर्ने भएको छ ।

मालिकार्जुन जात्रा हेरेर घर फर्किने क्रममा भएको बस दुर्घटनाका घाइतेलाई उपचारका लागि कार्यपालिका बैठकबाट रु दुई लाख सहयोग गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष प्रमानन्द जोशीले जानकारी दिए । यसअघि महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका, दुहुँ गाउँपालिका र ब्यास गाउँपालिकाले रु एक÷एक लाख आर्थिक सहयोग गरेका थिए । पवनदूत यातायतको म१ख ४३६ नं को बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो भने छजना घाइते भएका थिए । घाइतेको अहिले काठमाडौँमा उपचार भइरहेको छ ।

यसैगरी गाउँकार्यपालिका बैठकले लालीमा नेपाल–भारत जोड्ने झोलुङ्गे पुल निर्माण अन्तिमचरणमा पुगेकाले सो स्थानमा छोटी भन्सार कार्यालय स्थापनाका लागि पहल गर्ने निर्णय गरेको छ । वैधानिक रुपमा झोलुङ्गे पुल निर्माणपछि स्थानीयवासीलाई सामान आयात निर्यातमा सजिलो होस् भन्नका लागि सरकारसँग भन्सार स्थापनाको लागि माग गर्ने निर्णय गरिएको हो । भन्सारसँगै प्रहरी चेक पोष्ट स्थापनाको समेत माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्