Logo

ढुङ्ग्रे खोलामा डुबेर एकको मृत्यु



Spread the love

२६, मङ्सिर, चितवन – चितवन राप्ती नगरपालिकास्थित ढुङ्ग्रे खोलामा डुबेर आज एक जनाको मृत्यु भएको छ ।

मृत्युहुनेमा राप्ती नगरपालिका–६ फूरबारीका ३६ वर्षीय बिसरा चौधरी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

ढुङ्ग्रे खोलाको पानीमा डुबेको अवस्थामा उनको शव फेला परेको हो । सो घटनाका विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्