Logo

अखिल (क्रान्तिकारी ) सल्यानको अध्यक्षमा चेतन गिरी निर्वाचित



Spread the love

akhil-krantikari

अखिल (क्रान्तिकारी ) सल्यानको १७ औं जिल्ला सम्मेलनबाट चेतन गिरी निर्वाचित भएका छन् । तेसै गरी उपाध्यक्षमा माेहन खडका, ठकेन्द्र पुन, शर्मिला विष्ट,सचिव रामप्रशाद शर्मा,सहसचिव गणेशमान विक,निराजन डिसी,हेमन्त वली,काेषाध्यक्ष रमेश विसि निर्वाचित भएको अखिल (क्रान्तिकारी ) सल्यानका इन्चाज हिमाल यात्रीले बताए ।

समाजवादकाे आधार तयार गर्न सशक्त संगठन, संविधान कार्यन्वयन र वैज्ञानिक शिक्षाकाे पक्षमा १७ जिल्ला सम्मेलन भन्ने मुलनाराका साथ अखिल( क्रान्तिकारी) सल्यानले आफ्नो सम्मेलन सम्पन्न गरेको छ ।

जिल्ला सम्मेलनको उद्धघाटन क्रान्तिकारीका केन्द्रीय सचिव तथा ६ न. प्रदेशका ईन्चार्ज खेम बहादुर सिहँले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्