Logo

भरुवा बन्दुकसहित तीन जना पक्राउ



Spread the love

२८ मङ्सिर, धादिङ – जिल्ला प्रहरी कार्यालय धादिङ, जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रदेश नं ३ प्रहरीको संयुक्त प्रहरी टोलीले धादिङको बेनीघाट रोराङ गाउँपालिका–२ ओवाङबाट भरुवा बन्दुकसहित तीन जनालाई पक्राउ गरिएको छ ।

प्रहरी निरीक्षक नवराज ढुङ्गेल नेतृत्वको टोलीले चार नाल भरुवा बन्दुक, एक नाल बारबोरको बन्दुक र २२ बोरामा झण्डै ५०० किलो गाँजासहित स्थानीयवासी ४० वर्षीय ठूलोकान्छा तामाङ, ३० वर्षीय सानोकान्छा तामाङ र चितवन इच्छाकामना गाउँपालिकाका–७ का ४० वर्षीय गुञ्जबहादुर घलानलाई पक्राउ गरेको हो ।

ठूलोकान्छाको घरबाट दुई नाल भरुवा बन्दुक र एक नाल बारबोरको बन्दुक तथा सानोकान्छाको घरबाट एक नाल भरुवा बन्दुक र १० बोरा गाँजा बरामद गरिएको प्रहरी उपरीक्षक डम्बरबहादुर विकले जानकारी दिए । प्रहरीले ओवाङका दिलबहादुर घलानको घरबाट एक नाल भरुवा बन्दुक र १२ बोरा गाँजा बरामद गरेको छ । पक्राउ परेका तीनै जनालाई हतियारसहित जिल्ला प्रहरी कार्यालयलाई बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्