Logo

गुल्मीमा बिचारात्मक चिन्तन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न



Spread the love

शङ्कर भुसाल , गुल्मी -पौष ५ गते

क्रान्तिकारी पत्रकार सङ्गठन गुल्मीको आयोजनामा वर्तमान सन्दर्भमा बिचारात्मक चिन्तन विषयक अन्तरक्रिया कार्यक्रम गुल्मीमा सम्पन्न भएको छ । सकारात्मक सोच र रचनात्मक चिन्तनलाई व्यवहारमा उर्तान साथै जीवनको वास्तविक आनन्द प्राप्तिका लागी बिचारात्मक चिन्तन आवश्यक रहेको भन्दै जिल्लाका सम्पूर्ण बुद्धिजीवी तथा प्रतिनिधिको उपस्थितिमा कार्यक्रम गरिएको हो । कार्यक्रममा अन्तर्राष्ट्रिय जीवन प्रशिक्षक नर बहादुर कार्कीले प्रशिक्षण दिनुभएको हो । कार्यक्रममा बोल्दै कार्कीले जीवनको वास्तविक आनन्द आफै लिन सकिने र जिन्दगीमा सफल हुन ऊर्जा को दियो बाल्न उपस्थित सबैलाई आग्रह गर्नुभयो ।

जिन्दगी को सबैभन्दा ठुलो शत्रु निराशा रहेको भन्दै जिन्दगीका विविध झन्झटका बाबजुद जिउनु नै जिन्दगी रहेको बताउनुभयो । जो व्यक्ति जिउँदै हुँदा मर्न सिक्छ त्यो जिन्दगीका हरेक पुनर्जन्म लिएर वास्तविक आनन्दको जिन्दगी जिउन सक्छ कार्कीले भन्नुभयो । यता कार्यक्रममा आफ्नो बिचार राख्दै नेपाल कम्युनिस्ट पार्टीका गुल्मी जिल्ला इन्चार्ज पूर्ण बहादुर सिंहले आज हाम्रो राष्ट्र सङ्कट र खतरामा रहेको र जनताको जनजीविका कठिन बन्दै गइरहेको बताउनुभयो । जनतालाई लोभका नाराहरू देखाएर लुटिरहेको आरोप लगाउँदै उहाँले सिंहदरबारबाट लखेटिएको राजतन्त्र फर्काउने कोसिस गरेको आरोप लगाउनुभएको छ । कार्यक्रम क्रान्तिकारी पत्रकार सङ्गठन गुल्मीका अध्यक्ष शङ्कर भुसालको अध्यक्षता ,अन्तर्राष्ट्रिय जीवन प्रशिक्षक नर बहादुर कार्कीको प्रमुख आतिथ्य सँगै सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्